उपभोक्ताहरुलाई प्राधिकरणको सुझाव
उपभोक्ताहरुले दूरसञ्चार सेवा लिनु पूर्व निम्न कुराहरुमा ध्यान पु-याउनुहुन अनुरोध गर्दछौं।
(१) दूरसञ्चार सेवा प्राप्त गर्नु अघि यस सेवामा लाग्ने महशुल, जडान खर्च, समयावधि आदिलाई बिचार गरी आफुलाई मन परेको सेवा सञ्चालक छान्नुहोस।
(२) आफ्नो आवश्यकतालाई मध्यनजर गरी आफुलाई मन परेको सेवा सञ्चालक छनौट गर्नुहोस।
(३) सेवा प्रदायकले तपाईं ग्राहकसंग गर्ने सम्झौतामा उल्लेख गरेका कुराहरुलाई ध्यान पूर्वक पढ्नुहोस।
(४) टेलिफोनको प्रयोग गर्दा आफ्नो नाममा दर्ता गरेको फोन प्रयोग गरौं। आफ्नो नाममा दर्ता भएको फोन अरुलाई प्रयोग गर्न दिंदा दुरुपयोग भएमा अनावश्यक समस्या एवं झन्झट हुन सक्दछ तसर्थ यसतर्फसचेत हुन अनुरोध गर्दछौं।