प्रथम पटक प्रकाशित:२०७३|१|९
मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identity) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी मिति २०७३|१|१ देखि व्यवस्था मिलाइएको हुनाले यस प्राधिकरणमा Type Approval भई व्यवसायिक रुपमा मिति २०७३|१|१ अगावै आयात भई प्रयोगमा आइनसकेका र आयातकर्ताको मौज्दातमा रहेका सम्पूर्ण मोबाइल ह्याण्डसेटहरुको Unique Identityदर्ता गर्न अन्तरिमनिर्देशिकाकोAnnex-1 बमोजिमको ढाँचामा विवरण यो सूचना प्रकाशित भएको मितिले १ (एक) महिनाभित्र यस प्राधिकरणमा अनिवार्य रुपमा पेश गर्नुहुन सम्वन्धित सबै आयातकर्ताहरु/ उपकरण निर्माताको अधिकारिक प्रतिनिधि संस्थाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | साथै उक्त अन्तरिम निर्देशिका तथा निवेदनको ढाँचा प्राधिकरणको वेबसाइट http:/www.nta.gov.np मा उपलव्ध रहेको व्यहोरा समेत सुचित गरिन्छ |
Nepal Telecommunications Authority
Shree Kunj (Opposite to Nepal Academy)
Kamaladi, Kathmandu
GPO Box :9754
Tel: 4255474
Fax: 4255250
Email: ntra@nta.gov.np
Website: www.nta.gov.np