मोवाईल सेटको अनलाइन IMEI/ESN/MEID दर्ता प्रणाली लागु गर्नेबारे नेपाल दूरसंचार प्राधिकरणको सूचना
(प्रथमपटक प्रकासित मिति:२०७४/१०/२९)
१. मोवाईल सेट/डिभाइसको बिक्रिवितरण तथा प्रयोगलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्बन्धमा आयात तथा बिक्रि वितरण गर्नु पूर्व IMEI/ESN/MEID यस प्रधिकरणमा अनिबार्य रुपमा दर्ता गराउनुपर्ने व्यवस्था बिदितै छ|
२. यसै सम्बन्धमा मिति २०७४/११/१ गते देखि लागु हुनेगरी मोवाईल सेट/डिभाइसको पहिचान हुने नम्बर IMEI/ESN/MEID लाई अनलाइन मार्फत दर्ता गर्न सकिने गरी ब्यबस्था मिलाइएको व्यहोरा सम्वन्धित मोबाइल फोन आयातकर्ता, प्रयोगकर्ता लगायत सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ | मोबाइल सेट/डिभाइसको उक्त unique identifier नम्बरहरु अनलाइन मार्फत वेब साइट eir.nta.gov.np मा login detail (username ,password) प्रयोग गरी दर्ता गर्न सकिने छ |
३. यो अनलाइन प्राणाली लागु हुने मिति (२०७४/११/१ गते) बाट ३ महिनासम्म परिक्षण स्वरूप अनलाइन वा पत्र मार्फत(पूर्ववत् व्यवस्था) दुवै माध्यमबाट IMEI/ESN/MEID दर्ता गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ | तत्पस्चात अनलाइन मार्फत मात्र IMEI/ESN/MEID दर्ता गर्ने गरी ब्यबस्था मिलाइने व्यहोरा समेत सम्बन्धित सबैलाई सूचित गरिन्छ|
४. यस सम्बन्धी थप जानकारीका लागि प्राधिकरणको निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ|
स्तरीकरण तथा पूर्वाधार विकास शाखा
नेपाल दुरसंचार प्रधिकरण
कमलादी ,काठमाडौँ ,नेपाल |
जि.पि .ओ.बक्स:९७५४
फोन :+९७७-१-४२५५४७४, फ्याक्स:+९७७-१-४२५५२५०
इमेल:bcshrestha@nta.gov.np/eir@nta.gov.np
वेबसाइट:www.nta.gov.np