नेपाल दूरसञ्चार प्राधिकरणमा रहेका मालसामानहरुको लिलाम बिक्री सम्बन्धि सूचना
यस प्राधिकरणमा रहेको सामानहरु जे जस्तो अवस्थामा रहेका छन् सोही अवस्थामा लिलाम बिक्रि गरिने भएको हुँदा इच्छुक व्यक्ति, र्फम वा संस्थालाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र न्यूनतम मूल्यमा नघर्टाई सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन अनुरोध छ । सिलबन्दी फाराम तथा मालसामान सम्बन्धी बिस्तृत बिवरण प्राधिकरणको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । लिलाम गरिने सामानहरु यस प्राधिकरणमा कार्यालय समय भित्र आई हेर्न सकिने छ । साथै यो सूचना प्राधिकरणको वेभ साइटमा पनि उपलव्ध छ ।