नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय भवन भाडामा लिने सम्वन्धी सूचना
नेपाल दूरसञ्चार प्राधिकरणको
कार्यालय भवन भाडामा लिने सम्वन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०७४।०८।१३)
यस प्राधिकरणको कार्यालय प्रयोजनको लागि सिंहदरवारबाट ३ किलोमिटरको आसपासका क्षेत्रहरु नयााबानेश्वर, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, बबरमहल, अनामनगर, पुतलिसडक, माइतीघर, कमलादी, नक्साल, भाटभटेनी, लैनचौर कालिकास्थान, डिल्लीबजार र सुन्धारा आसपासका क्षेत्रहरुमा घर तथा व्यावसायिक भवन कार्यालय प्रयोजनका लागि भाडामा चाहिएकोले आफ्नो स्वामित्वमा रहेको घर तथा व्यावसायिक भवन भाडामा दिन इच्छुक व्यक्ति र संघ/संस्थाहरुवाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफुले दिन चाहेको भवनको क्षेत्रफल र कोठा संख्या र आफुले भाडामा दिन चाहेको दर रेट उल्लेख गरि सम्बन्धित घर जग्गाको सम्पूर्ण कागजात संलग्न गरी सिलवन्दि कोटेशन पेश गर्नुृ हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । भाडामा लिन चाहेको भवन सम्बन्धि सम्पूर्ण विवरण प्राधिकरणको Website मा उपलब्ध रहेको छ ।
नोट: सरकारी संघरसंस्थाले भवन उपलब्ध गराउन चाहेमा सोझै कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज सदन, कमलादी, काठमाडौं
फोन नं. ४२५४६८१, ४२५५४७४
website: www.nta.gov.np
भाडामा लिन चाहेको भवन सम्बन्धि सम्पूर्ण विवरण (Specification) को लागि Gharbhada Spec. 1.docx Click गर्नुहोस |