नेपाल दूरसञ्चार प्राधिकरणको
दूरसञ्चार सम्वन्धी पत्रकारिता पुरस्कार प्रदान गर्ने वारे
सूचना
नेपाल दूरसंचार प्राधिकरणको १९औैं वार्षिकोत्सवको उपलक्ष्यमा दूरसंचार सम्वन्धी विधामा कलम चलाउने (लेख/रचना/समाचार प्रकाशन गर्ने) पत्रकारहरु मध्येवाट तपसिल बमोजिमको विवरणको आधारमा मुल्यांकन गरी उत्कृष्ठ पत्रकारलाई प्राधिकरणवाट पुरस्कार (नगद तथा प्रमाणपत्र सहित) प्रदान गरिने भएकोले सो को प्रयोजनका लागि इच्छुक सम्बन्धित पत्रकारहरुले उल्लिखित उक्त विवरणहरु मिति २०७३÷११÷१८ गते दिनको ५ बजे भित्र यस प्राधिकरणको कार्यालय कमलादी, काठमाण्डौंमा वा इमेल ठेगाना :mparyal@nta.gov.np मा प्राप्त हुने गरी उपलब्ध गराउनु हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१. आफुले प्रथम पटक प्रकाशित गरेको दूरसञ्चार सम्वन्धि लेख/रचना/समाचार सम्बन्धी प्रकाशित विवरण (प्रकाशित मिति समेत खुल्ने गरी)।
२. आफुले हाल सम्म प्रकाशित गरेको दूरसञ्चार सम्वन्धि लेख÷रचना÷समाचारको संख्या ।
३. आफुले दूरसञ्चार सम्बन्धी गत एक आ.ब ०७२ /०७३ मा प्रकाशित गरेको लेख÷रचना÷समाचारको संख्या तथा सो सम्बन्धी विवरण ।
४. आफूले कार्य गरेको संस्था/पत्रिका लगायत खुल्ने गरी वैयक्तिक विवरण ।
५. आफूले प्रकाशन गरेको तथा आफूलाई मन परेको कुनै ३ वटा दूरसञ्चार सम्बन्धी समाचार ।
६. अन्य आबश्यक विवरण (आवश्यक ठानेमा) ।
७. आफुले पेश गरेको उपर्युक्त उल्लेखित विवरण ठिक साँचो हो भनी स्वघोषण (Self Declaration ) ।
नेपाल दुरसञ्चार प्राधिकरण
श्री कुञ्जभवन, कमलादी, काठमाडौं ।
जि.पि.ओ. बक्सः ९७५४
फ्याक्स नं. ४२५५२५०
फोन नं. ४२५५४७४, ४२५६०५४, ४२५५६४९
वेभसाईटः– www.nta.gov.np