नेपाल दूरसञ्चार प्राधिकरणवाट जारी गरिएको प्रेस विज्ञप्ति

Home///नेपाल दूरसञ्चार प्राधिकरणवाट जारी गरिएको प्रेस विज्ञप्ति

नेपाल दूरसञ्चार प्राधिकरणवाट जारी गरिएको

प्रेस विज्ञप्ति

मिति २०७२।१।१२ गते दिउँसो गएको महाभूकम्पले देशभर गम्भिर विपतको स्थिति ल्याएको छ । यस महाविपत्तिमा हजारौंले ज्यान गुमाउनु भएको छ । वहांहरु सबैप्रति प्राधिकरण परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस महाभूकम्पबाट पीडितहरुको राहत एवं सो क्षेत्रमा दूरसञ्चार सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न प्राधिकरणले देहायका निर्णयहरु गरेको छ ।

१.   महाभूकम्पबाट ग्रामीण र दुर्गम क्षेत्रका दूरसञ्चार पूर्वाधारमा व्यापक क्षति भएको देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत कार्य सञ्चालन गर्न एवं पुनस्र्थापनाको निमित्त दूरसञ्चार सेवा सञ्चालन हुन अत्यावश्यक हुन्छ । यस अवस्थामा ग्रामीण क्षेत्रमा नोक्सान भएका पूर्वाधार पुनस्र्थापना गर्न एवं सेवा प्रभावकारी बनाउनका साथै विनाशकारी भूकम्पवाट पिडितहरुलाई दूरसञ्चारका सेवा सर्वसुलभ रुपमा उपलव्ध गराउन आवश्यक छ । यसैबीच मोबाइल टावरहरु नोक्सान भएका र यसै अवधिमा पहिलेको तुलनामा धेरै मोबाइल प्रयोग हुने भएकोले हाल प्रयोगमा नरहेको ९०० MHzमा थप फ्रिक्वेन्सी उपलब्ध गराउन सकेमा हाल भएकै टावरबाट पनि गुणस्तर बृद्धि हुने भएकोले नेपाल टेलिकम र एनसेललाई केही समयको लागि निशुल्क रुपमा ४…–४ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने ।

२.   उपर्युक्त बमोजिम थप फ्रिक्वेन्सी उपलब्ध गराउनुको अलावा प्राधिकरणबाट के कस्तो सहयोग भएमा सेवा प्रदायकहरुले भूकम्प पीडित क्षेत्रका जनतालाई के कस्तो सुबिधा र राहत दिन सक्छन् भन्ने कुराको ठोस प्रस्ताव माग गरी सो को आधारमा स्थानीय जनतालाई उपलब्ध गराउने राहत सुबिधाको घोषणा गर्ने ।

३.   देशमा हालै गएको विनाशकारी भूकम्पवाट देशका विभिन्न भागमा पुग्न गएको क्षती एवं उक्त भूकम्पवाट पिडितहरुलाई राहत प्रदान गर्ने कार्यमा प्राधिकरणको तर्फवाट समेत योगदान पुर्‍याउने उद्देश्यले प्राधिकरणको तर्फबाट रु. पाँच करोड, प्राधिकरणका अध्यक्षले २० दिनको , अधिकृतस्तर कर्मचारीले पन्ध्रदिनको र सहायक एवं श्रेणाी विहीन कर्मचारीको दश दिनको तलब र प्राधिकरणका अध्यक्ष तथा सदस्यले पांचवटा वैठकको वैठक भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने ।

४.   सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई यो विपत्तिको घडीमा पीडितहरुको राहतको लागि आफूसक्दो सहयोग पुर्‍याउन आग्रह गर्ने ।

2017-05-29T17:14:18+00:00 May 7th, 2015|Public Notices|