यस प्राधिकरणको कार्यालय प्रयोजनको लागि सिंहदरवारबाट २ किलोमिटरसम्मको क्षेत्रहरु नयाँबानेश्वर, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, बबरमहल, अनामनगर, पुतलीसडक, कमलादी, माइतीघर, कालिकास्थान, डिल्लिबजार र सुन्धारा आसपासका क्षेत्रहरुमा घर तथा व्यावसायिक भवन कार्यालय प्रयोजनका लागि भाडामा चाहिएकोले, आफ्नो स्वामित्वमा रहेको घर तथा व्यावसायिक भवन भाडामा दिन इच्छुक महानुभाव र संघ र संस्थाहरुवाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफुले दिन चाहेको भवनको क्षेत्रफल/कोठा संख्या र आफुले भाडामा दिन चाहेको दर रेट उल्लेख गरि सम्बन्धित घर जग्गाको सम्पूर्ण कागजात संलग्न गरी सिलवन्दि कोटेशन बुझाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । भाडामा लिन चाहेको भवन सम्बन्धि सम्पूर्ण विवरण यहाँ राखिएको छ ।
नोट: सरकारी संघ/संस्थाले भवन उपलब्ध गराउन चाहेमा सोझै कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
नेपाल दूरसंचार प्राधिकरण
ब्लुस्टार अफिस कम्प्लेक्स
त्रिपुरेश्वोर काठमाडौँ
फोन ४१०१०३० देखि ३८ सम्म
फ्याक्स ४१०१०३४