नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौको
जिल्ला विकास समिति मार्फत ब्रोडव्याण्डइन्टरनेटजोड्नको लागि
आशय पत्र (Expression of Interest)आव्हान
१) दूरसंचार ऐन २०५३ र दूरसंचार नियमावली, २०५४ को प्रावधान अनुरुप एक स्वतन्त्र नियामक निकायको रुपमा नेपाल दूरसंचार प्राधिकरण रहेको र प्राधिकरणले दूरसंचार सेवा सर्वसुलभ बनाउने, उपभोक्ताको हक हितको संरक्षण गर्ने, आधारभूत दूरसंचार सेवा ग्रामिण तथा शहरी क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था मिलाउदै आएको छ|
२) दूरसंचार ऐन २०५३ को दफा ३०(४) अनुसार ग्रामिण क्षेत्रमा दूरसंचार सेवा विकास तथा विस्तारको लागि दूरसंचार सेवा प्रदायकको वार्षिक आम्दनीको २ प्रतिशत जम्मा हुने गरी ग्रामिण दूरसंचार विकास कोष रहेको छ |
३) नेपाल सरकारको दूरसंचार नीति २०६० तथा ब्रोडव्याण्ड नीति २०७१ अनुसार ग्रामिण तथा दुर्गम क्षेत्रका गा.वि.स., स्वास्थ्य चौकी/ अस्पताल तथा विधालयहरुमा ब्रोडव्याण्ड (कम्तिमा 512 Kbps) इन्टरनेट जोड्ने लक्ष्य रहेको छ| सोहि अनुसार ग.वि.स.हरु, मा ब्रोडव्याण्ड इन्टरनेट जोडी सुचना मैत्री गा.वि.स. बनाउने प्राधिकरणको आ.व. २०७२/७३ को वार्षिक कार्यक्रम रहेको छ |
४) प्राधिकरणले म्याग्दी जिल्ला विकास समितिबाट प्रस्ताव प्राप्त गरी त्यस जिल्लाको गा.वि.स. कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलाई सुचना मैत्री बनाउन अनुदान दिने गरी सम्झौता गर्ने क्रममा रहेको छ |
५) अत: लागतको निश्चित प्रतिशत अनुदानमा आफ्नो जिल्लालाई सूचना मैत्री (E- District) इच्छुक जिल्ला विकासहरु समितिहरुलाई आपनो जिल्लाको विवरणहरु खुल्ने Data_Sheet_ सहित तपसिलको मिति, समय भित्र आशय पत्र (EOI)पेश गर्न अनुरोध छ |
६) आशय पत्र भर्न डाटासिट तथा नमुना प्रस्ताब(namuna.pdf)को रुपमा म्याग्दी जिल्लाबाट प्राप्त प्रस्ताव प्राधिकरणमा उपलव्ध छ | साथै प्राधिकरणको Website:nta.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ |
७) कुनै पनि आशय पत्र स्वीकृत तथा अस्वीकृत गर्ने अधिकार प्राधिकरणमा सुरक्षित छ |
तपसिल:
स्थान: नेपाल दूरसंचार प्राधिकरण, कमलादी, काठमाण्डौ |
आशय पत्र पेश गर्ने अन्तिम मिति: २०७३|२|१६
समय: वेलुकी ३:०० बजे सम्म |