गुनासो सुन्ने प्रकृया

///गुनासो सुन्ने प्रकृया

दूरसञ्चार सम्बन्धि गुनासो सुन्ने प्रकृयाको सम्बन्धमा
दूरसञ्‍चार सेवा प्राप्त गरीसकेपछि यस सम्बन्धि कुनै गुनासो (जस्तै:- दूरसञ्‍चार सेवा शुल्क बढि लिएको, दूरसञ्‍चारको गुणस्तर चित्त बुझ्दो नभएको, मर्मत सम्भार समयमा नभएको, टेलिफोनको बिल आफुले प्रयोग गरे भन्दा बढि उठेको, नामसारी, ठाउँसारी, जडान आदी समयमा नभएको आदि) भए सर्वप्रथम आफ्नो सेवा सञ्चालक कहाँ लिखित रुपमा जानकारी गराउनुहोस् र सेवा प्रदायक मार्फ आफ्नो समस्या समाधान गर्ने प्रयास गर्नुहोस्। ग्राहकहरुको गुनासो सुन्ने र यसलाई समाधान गर्ने सेवा प्रदायकहरुको प्रमुख कर्तव्य हुँदा त्यहाँबाट नै तपाईको समस्या समाधान हुन सक्दछ । यदि तपाईंको समस्या सेवा प्रदायकहरुबाट समाधान भएन अथवा सेवा प्रदायकले तपाईंको समस्या उपर गरेको निर्णय तपाईंलाई चित्त बुझेन भने तपाईंले यसैसाथ संलग्न निवेदनको ढाँचामा नेपाल दूरसञ्‍चार प्राधिकरणको निम्न ठेगानामा तपाईको गुनासो लिखित रुपमा वा ई-मेल/फ्याक्स मार्फत जानकारी गराउनुहोस्। प्राधिकरणले तपाईंको गुनासो उपर आवश्यक सुनुवाई गरी समाधान गर्ने प्रयास गर्नेछ।

ठेगानाः
नेपाल दूरसञ्‍चार प्राधिकरण
ब्लुस्टार अफिस कम्प्लेक्स, त्रिपुरेश्‍वर
पोष्ट बक्स नम्बरः ९७५४
काठमाण्डौ, नेपाल
फोन नम्बरः +९७७-१-४१०१०३०/१।२।३
फ्याक्स नम्वर: +९७७-१-४१०१०३४
ई-मेल: info@nta.gov.np
वेवसाइट: www.nta.gov.np

 


 

नेपाल दूरसञ्चार प्राधिकरण समक्ष
गुनासो पेश गर्ने निवेदन

श्रीमान् अध्यक्षज्यू
नेपाल दूरसञ्चार प्राधिकरण, काठमाण्डौ
ई-मेल: info@nta.gov.np

विषय: गुनासो सम्बन्धमा

१. निवेदकको नाम ………………………………………………………
२. निवेदकको ठेगाना …………………………………………………….
३. निवेदकको फोन नं. ………………………………………………….
४. सेवा प्रदायकको नाम
५. आफुले लिएको सेवाको किसिम ……………………………………………..
६. गुनासोको बिषय
१. बिल सम्बन्धमा
(क) गलत बिल प्राप्त
(ख) दूरसञ्चार सेवा प्रयोग नगरि बिल प्राप्त
(ग) बिल तिर्नलाई परेको समस्या
(घ) समयमा भूक्तानी नहुँदा गरिएको जरिवाना सम्बन्धमा
(ङ) अन्य कुनै (कृपया खुलाउनुहोस्)
………………………………………………………………
………………………………………………………………

२. जडान सम्बन्धमा
(क) जडानमा ढिलाई
(ख) ठाउँसारी सम्बन्धी समस्या
(ग) नामसारी सम्बन्धी समस्या
(घ) अन्य कुनै (कृपया खुलाउनुस्)
……………………………………………………………………………….
……………………………………………………………………………….

३. अन्य समस्या
(क) पुनः जडान एवं जडान स्थान सम्बन्धि समस्या
(ख) स्वामीत्व परिवर्तन सम्बन्धि समस्या
(ग) टेलिफोन डाइरेक्टरी सम्बन्धि समस्या
(घ) टेलिफोन सेवाको गुणस्तर
(ड) मर्मत तथा संभार सम्बन्धि समस्या
(च) पे-फोन/Coin सम्बन्धि समस्या
(छ) अन्य कुन (कृपया खुलाउनुहोस्)
………………………………………………………………….
………………………………………………………………….

७. गुनासाहरुको विस्तृत जानकारी (समस्या भएको मिति र घट्ना क्रम बारे जानकारी दिने)
………………………………………………………………………..
………………………………………………………………………..
………………………………………………………………………..

८. उपभोक्ताको भनाई (जस्तै: क्षतीपूर्ति माग, बिलको रकम मिनाहा, आदि)
…………………………………………………………………………
…………………………………………………………………………
…………………………………………………………………………

 

९. नेपाल दूरसञ्चार प्राधिकरणमा गुनासोहरु ल्याउनु अगाडी सेवा प्रदायक समक्ष यी
गुनासोहरु राखेको भए सो को छोटो जानकारी
…………………………………………………………………………
………………………………………………………………………….
…………………………………………………………………………

(कृपया आफ्नो गुनासोहरुसंग सम्बन्धित तथ्य प्रमाण वा सेवा प्रदायकसंग भएको पत्राचार को प्रतिलिपी निवेदन साथ संलग्न गर्नु होस्)

१०. सेवा प्रदायक बाट सो गुनासो सम्बन्धमा प्राप्त जवाफ भए
…………………………………………………………………………
…………………………………………………………………………
…………………………………………………………………………

९. थप भनाई केहि भए
………………………………………………………………………………..
………………………………………………………………………………..
………………………………………………………………………………..
………………………………………………………………………………..
………………………………………………………………………………..

 

 

मिति………………………..                                                             निवेदकको सही……………………….