एकिकृत आपतकालीन संचार प्रणाली सम्वन्धमाConsultation Paperजारी गरिएको बारेनेपाल दूरसञ्चार प्राधिकरणको सूचना
( प्रथम पटक प्रकाशित मिति: – २०७३-८-२८)
एउटै नम्बर प्रयोग गरी सबैखालका आपतकालीन दूरसंचार सेवा संचालन/प्रयोगका सम्वन्धमा यस प्राधिकरणबाट अध्ययन गरी सिफारिश सहित तयारगरिएको प्रतिवेदन उपर सरोकारवालाहरुको रायसुझाव तथा प्रतिक्रिया लिने उद्देश्यले Consultation Paper को रुपमा प्राधिकरणको वेवसाइट www.nta.gov.np सार्वजनिक गरिएको छ । प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त Consultation Paper उपर सार्वजनिक गरिएको मितिले ४५ दिन भित्र आफ्नो राय सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाई सहयोग गर्नुहुनसम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४/४२५६०५४/४२५५६४९/४२५४६८१//४२५६१८२
फ्याक्स: +९७७-१-४२५५२५०
इमेल: ntra@nta.gov.np
वेवसाइट:www.nta.gov.np