नेपाल दूरसंचार प्राधिकरण
कमलादी, काठमाण्डौ
इन्टरनेट सेवा संचालन सम्वन्धी सुचना
यस प्राधिकरणले सिन्धुली, रामेछाप, दोल्खा र ओखलढुंगा जिल्लाहरुमा ब्रोडव्याण्ड नेटवर्क निर्माण गरी उक्त जिल्लाहरुको सम्पूर्ण सामुदायिक माध्यमिक विधालय, स्वास्थ्य संस्था, तथा नगरपालिकाको कार्यालय, गाउपालिकाको कार्यालय, वडा कार्यालयहरुमा 512 Kbps को ब्रोडव्याण्ड इन्टरनेट सेवा दूइ वर्ष सम्म नि:शुल्क उपलव्ध गराउनको लागि श्री मर्केन्टाईल कम्युनिकेशन प्रा.ली.लाई तोकिएकोमा सो स्थानहरुमा इन्टरनेट सेवा संचालन भएको भनी उक्त प्रा.लि. बाट यस प्राधिकरण जानकारी प्राप्त भएको छ | उक्त कार्यको अनुगमन तथा निरिक्षण परामर्शदाताबाट गराउदै आइएको छ | अत: सो सेवा सम्वन्धमा कुनै गुनासो भए यस प्राधिकरणमा जानकारी गराउन हुन सम्वन्धित निकायलाई अनुरोध छ |
सम्पर्क:
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४/४२५५६४९/४२५४६८१/
४२५६१८२/४२५६१४३/४२५४७१७/४२५६३७१
फ्याक्स नं.
इमेल: info@nta.gov.np
ntra@nta.gov.np
वेवसाइट: www.nta.gov.np