नेपाल दूरसञ्चार प्राधिकरणको
अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रथम पटक प्रकाशित मितिः २०७५।०२।२५
यस प्राधिकरणबाट प्रि–पेड कलिङ्ग कार्ड सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. पि.सि.सि.–०१) प्राप्त संस्था आईटेल प्रा.लि.(जावलाखेल, ललितपुर) ले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) वमोजिम मिति २०७५।०१।२७ देखि स्वतः खारेज भएको व्यहोरा ग्राहक एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण,अनुमतिपत्र शाखा