नेपाल दूरसञ्चार प्राधिकरणको
अनुमतिपत्र खारेज सम्बन्धि अत्यन्त जरुरी सूचना
यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेको तपशिल वमोजिमको सेवा प्रदायकले रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको नियमानुसार बुझाउनु पर्ने दस्तुर नबुझाएकोले तपशिल बमोजिमको सेवा प्रदायकलाई यस प्राधिकरणबाट प्रदान गरिएको जि.एम.पि.सि.एस सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. न्ःएऋक्(ण्द्द) दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
क्र.सं. | नाम | ठेगाना | अनुमतिपत्र प्राप्त सेवा |
१. | एभ्को इन्टरनेशनल प्रा.लि. | का.म.न.पा.—१, नागपोखरी, काठमाण्डौं । | जि.एम.पि.सि.एस. सेवा |