ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

//ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७७/०२/२८)

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित सम्पूर्ण स्थानिय निकायहरु (नगरपालिका, गाँउपालिका र वडा कार्यालय), स्वास्थ्य संस्थाहरु (हेल्थ पोष्ट, हेल्थ सेन्टर र सामुदायिक अस्पताल) तथा सामूदायिक माध्यामिक बिद्यालयहरुमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा पुर्याउने क्रममा ४१ जिल्लाहरु (Click) मा १००% कार्य सम्पन्न भइसकेको तथा ८ जिल्लाहरु (Click) मा ५०% कार्य सम्पन्न भइसकेको ब्यहोरा सर्बसाधरण सबैको जानकारीका लागि अनुरोध छ । बाँकी जिल्लाहरुमा लकडाउन खुला भए पछी जडानको कार्य तदारकताका अगाडी बढाईने ब्यहोरा जानकारी गराईन्छ । साथै कोभिड-१९ रोगको महामारीका कारण बिभिन्न स्थानिय निकायहरुमा रहेका बिद्यालय भवनहरु क्वारेन्टिनका लागि प्रयोग भएका तथा स्थानिय निकायहरु र स्वास्थ्य निकायहरुलाई सूचना आदन प्रदान गर्न ईन्टरनेट सेवा आबश्यक हुने भएकोले सेवा सुचारु गराई राख्नुहुन सम्बन्धित सेवा प्रदायकहरुलाई अनुरोध छ ।अतः उपरोक्त बमोजिम निकाय/ संस्था/ बिद्यालयहरुमा सेवा सञ्चालन नभएको भए यस प्राधिकरणमा जानकारी गराउनु हुन समेत अनुरोध छ।

नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन : ४२५५४७४
ईमेलः info@nta.gov.np

2020-06-10T09:18:17+00:00 June 10th, 2020|Public Notice|