सेवाको गुणस्तर सम्वन्धमा नेपाल दूरसञ्चार प्रधिकरणबाट जारी गरिएको कन्सल्टेसन डकुमेन्ट सम्वन्धी सूचना !!!
(प्रथम पटक प्रकाशित मिति: २०७६/०६/१०)
नेपाल दूरसञ्चार प्राधिकरणबाट तयार गरिएको दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७६ को मस्यौदाको सम्बन्धमा विज्ञ, अध्येता, अनुसन्धानकर्ता तथा अन्य इच्छुक व्यक्ति तथा संस्थाहरुबाट राय, सुझाव तथा प्रतिक्रिया सङ्कलन गर्ने प्रयोजनका लागि यो कन्सल्टेसन डकुमेन्ट प्राधिकरणको वेबसाइट (www.nta.gov.np) मा प्रकाशन गरिएको व्यहोरा सरोकारवालाहरु सवैलाई यसै सूचना मार्फत सूचित गराइन्छ। यो कन्सल्टेसन डकुमेन्ट प्रथम पटक प्रकाशित भएको मितिबाट २ हप्ता भित्र सो उपर आफ्नो राय, प्रतिक्रिया तथा सुझाव इमेल वा पत्र मार्फत प्राधिकरणमा उपलव्ध गराउनु हुन अनुरोध छ। सरोकारवाला निकाय तथा व्यक्तिहरुको राय, सुझाव तथा प्रतिक्रियाबाट सेवा प्रदायकले दूरसञ्चार सेवा प्रदान गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड/ कायम गर्नुपर्ने स्तर थप नियमित तथा व्यवस्थित भई ग्राहकहरुको हक हित संरक्षण हुने विश्वास प्राधिकरणले लिएको छ।
नेपाल दूरसञ्चार प्रधिकरण
कमलादी, काठमाडौँ, नेपाल
जि. पि. ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४, फ्याक्स: +९७७-१-४२५५२५०
इमेल: ntra@nta.gov.np, वेबसाइट: www.nta.gov.np