अध्यक्षको पदबहाली सम्बन्धी प्रेश विज्ञप्ति

//अध्यक्षको पदबहाली सम्बन्धी प्रेश विज्ञप्ति

प्रेश विज्ञप्ति

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६।४।६ को निर्णयानुसार नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदमा पुरुषोत्तम प्रसाद खनाललाई नियुक्त गरिएको र उहाँले प्राधिकरणको अध्यक्षको पदबहाली आज मिति २०७६।४।१० देखि नै गर्नुभएको ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । नवनियुक्त अध्यक्षज्यूलाई प्राधिकरणका सदस्य एवं कर्मचारीहरुले प्राधिकरणको कार्यालयमा स्वागत गरी हार्दिक वधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । नवनियुक्त अध्यक्षज्यूले नीजको कार्यकालमा दूरसंचार क्षेत्रको विकास एवं विस्तारमा महत्वपूर्ण योगदान पुग्ने गरी यस क्षेत्रको नियमन तथा ब्यवस्थापनसँग सम्बन्धित सेवा प्रवाह छिटोछरिता रुपमा गर्न प्राधिकरणका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।  यस अघि उहाँ प्राधिकरणको व.निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो, साथै मिति २०७५।१०।२५ देखि यस प्राधिकरणको कार्यवाहक अध्यक्षको रुपमा समेत कार्यरत हुनुहुन्थ्यो । नवनियुक्त अध्यक्षज्यूको कार्यकालमा दूरसंचार क्षेत्रले फड्को मार्ने र  दूरसंचार सेवाग्राहीहरु थप लाभान्वित हुने एवं डिजिटल नेपालको अभियानमा महत्वपूर्ण उपलब्धि हाँसिल हुने विश्वास लिइएको छ ।

 

मिन प्रसाद अर्याल

प्रवक्ता

नेपाल दूरसंचार प्राधिकरण

२०७६।४।१०

2019-07-26T14:53:37+00:00 July 26th, 2019|Public Notice|