पिकोसफ्ट प्रा.लि.को अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

//पिकोसफ्ट प्रा.लि.को अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको
अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७५।०७।०८

यस प्राधिकरणबाट मिति २०७०।०७।०७ मा इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामिण इन्टर्नेट—०७) प्राप्त संस्था पिकोसफ्ट प्रा.लि., सिर्जनाचोक–८ पोखराले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम मिति २०७५।०७।०७ देखि स्वतः खारेज भएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त प्रा.लि.ले आ.ब.२०७४।७५ को नियमानुसार बुझाउनु पर्ने वित्तिय विवरण र सो अनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउनु हुन समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

– नेपाल दूरसञ्चार प्राधिकरण, अनुमतिपत्र शाखा

2018-10-25T04:35:30+00:00 October 25th, 2018|Public Notice|