नेपाल दूरसञ्चार प्राधिकरणको
कार्यालय भवन भाडामा लिने सम्वन्धी सूचना
प्रकाशित मितिः २०७५/०८/१४
यस प्राधिकरणको कार्यालय प्रयोजनको लागि सिंहदरवारबाट ३ किलोमिटरको आसपासका क्षेत्रहरु नयाँ बानेश्वर, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, बबरमहल, अनामनगर, पुतलिसडक, कमलादी, नक्साल, भाटभटेनी, लैनचौर, लाजिम्पाट, कालिकास्थान र डिल्लीबजार आसपासका क्षेत्रहरुमा घर तथा व्यावसायिक भवन कार्यालय प्रयोजनका लागि भाडामा चाहिएकोले आफ्नो स्वामित्वमा रहेको घर तथा व्यावसायिक भवन भाडामा दिन इच्छुक व्यक्ति र संघ-संस्थाहरुवाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफुले दिन चाहेको भवनको क्षेत्रफल र कोठा संख्या र आफुले भाडामा दिन चाहेको दर रेट उल्लेख गरि सम्बन्धित घर जग्गाको सम्पूर्ण कागजात संलग्न गरी सिलवन्दी कोटेशन पेश गर्नुृ हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । भाडामा लिन चाहेको भवन सम्बन्धि सम्पूर्ण विवरण प्राधिकरणको website मा उपलब्ध रहेको छ ।
नोटः सरकारी संघरसंस्थाले भवन उपलब्ध गराउन चाहेमा सोझै कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
Specification: PDF
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज सदन, कमलादी, काठमाडौं
फोन नं. ४२५४६८१, ४२५५४७४
Website: www.nta.gov.np