नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोध
विगत केही दिन देखि मोवाईल टेलिफोन सेवाका BTS टावरहरुमा आगजनी गरी सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ । मोवाईल सेवाका टावरहरु अवरुद्ध हुँदा दूरसञ्चार सेवा बन्द भई आम उपभोक्ताहरु सेवाबाट बन्चित हुनु पर्ने अवस्था आएको छ । दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापीत भैसकेको अवस्थामा सेवा बन्द हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ । तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने दूरसञ्चार सेवाको पूर्वाधारहरुमा आगजानी हुँदा आम नागरीक सञ्चार सेवाबाट बन्चित हुनुका साथै विकास निर्माण एवं सरकारी राजश्वमा समेत प्रतिकूल असर पर्ने हुँदा त्यस्ता क्रियाकलाप नगर्न/नगराउनु हुन सम्बन्धित सवैलाई यसै सूचना मार्फत अनुरोध गरिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौं
फोन नं.: ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९,
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं.९७५४
Email: ntra@nta.gov.np
Website: www.nta.gov.np