नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौ
जरुरी सूचना
बिदेशका अपरिचित नम्बरहरुबाट नेपालको मोबाइल/टेलिफोन नम्बरहरुमा बारम्बार Missed Call आउने गरेको देखिएको। यसबाट सेवाग्राहीहरुलाई पुग्न गएको असुविधा प्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ | Wangiri Scam (One Ring Scam) भनिने यस्तो Missed Call विगतमा पनि देखिने गरेकोमा प्राधिकरणले ग्राहकहरुको जानकारीको लागि सूचना प्रकाशन गर्ने गरेको र दूरसंचार सेवा प्रदायकहरुलाई यसको रोकथामको लागि आवश्यक व्यवस्था गर्न निर्देशन समेत दिएको छ | अपरिचित विदेशका नम्बरहरुबाट नेपालका नम्बरहरुमा Missed call आउने यस्ता समस्या पुनरावृत्ति भएको सन्दर्भमा त्यस्ता अपरिचित नम्बरहरुबाट आउने कलहरु नउठाउन तथा कलब्याक (Call Back) नगर्न र त्यस्ता नम्बरहरुबाट फोन कल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना ntra@nta.gov.np वा info@nta.gov.np मार्फत जानकारी गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ |
प्रकाशित मिति: २०७६/०४/०८
अनुगमन विभाग
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी , काठमाण्डौ, नेपाल |
फोन नं. ९७७-१-४२५५४७४, फ्याक्स नं.९७७-१-४२५५२५०
ई-मेल: ntra@nta.gov.np, info@nta.gov.np
गृहपृष्ठ: www.nta.gov.np