दूरसञ्‍चार तथा इन्टरनेट सेवा सुचारु राख्ने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणवाट जारी गरिएको सूचना

//दूरसञ्‍चार तथा इन्टरनेट सेवा सुचारु राख्ने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणवाट जारी गरिएको सूचना

दूरसञ्‍चार तथा इन्टरनेट सेवा सुचारु राख्ने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणवाट जारी गरिएको सूचना

हालै देशभर आएको बाढी तथा पहिरोको कारणले दूरसञ्‍चार तथा इन्टरनेट सेवाको पूर्वाधारमा कुनै ठुलो क्षति भएको जानकारी प्राधिकरणमा नआएको | तर बाढी तथा पहिरोको कारणले उक्त क्षेत्रमा विद्युत अवरुद्ध भइ देशका विभिन्न स्थानमा दूरसञ्‍चार तथा इन्टरनेट सेवा संचालनमा केहि समस्या देखिएकोले सेवा प्रदायकहरुले सेवा सुचारु राख्न हरसम्भव प्रयास गरिरहेको हुँदा यदि कुनै क्षेत्रमा दूरसञ्‍चार तथा इन्टरनेट सेवामा समस्या देखिएमा प्राधिकरणमा जानकारी गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यसै सूचना मार्फत नेपाल दूरसञ्‍चार प्राधिकरण अनुरोध गर्दछ |

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाडौं |
फोन : ५३५५४७४
वेभसाइट : www.nta.gov.np

2021-06-17T10:30:43+00:00 June 17th, 2021|Public Notice|