ठमेल लगायतका क्षेत्रमा इन्टर्नेट तथा टेलिफोनका तारहरु व्यवस्थापन गर्ने सम्बन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणको
प्रेस विज्ञप्ती
काठमाडौं महानगरपालिकाको ठमेल लगायतका क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका (इन्टर्नेट सेवा प्रदायक लगायतका) तारहरु व्यवस्थापन गर्नेे सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिका, ठमेल पर्यटन विकास परिषद्, Internet Service Providers’ Association of Nepal (ISPAN), Federation of Cable TV Association Nepal,नेपाल टेलिकम र एनसेल प्रा.लि.का प्रतिनिधिहरु सहित मिति २०७६।०९।०८ मा छलफल भई (१) ठमेल क्षेत्रमा अव्यवस्थित तारहरुको दिर्घकालिन व्यवस्थापनकोे लागि Underground Ducting बाट मात्र सबै सेवा प्रदायकहरुले पूर्वाधार विस्तार गरी सेवा प्रदान गर्ने र उक्त Ducting को कार्य ३ महिनाभित्र सम्पन्न गरिने, (२) हाल अवरुद्ध हुन गएका वा भएका सेवाहरु सुचारु गर्नको लागि अस्थाई रुपमा सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गरी तारहरुलाई क्लिपिङ्ग गरेर ठमेल क्षेत्रको सुन्दरता कायम राख्दै सेवा प्रदान गर्ने र उक्त Ducting को कार्य सम्पन्न भए पश्चात सम्बन्धित सेवा प्रदायकहरुले आ–आफ्नो केवल संरचना हटाउने र (३) Underground Ducting को Design, Specification, Cost का सम्बन्धमा सरोकारवाला निकायहरुबाट समन्वय गरी कार्य अगाडी बढाइने सम्बन्धित सबैलाई जानकारी गराईन्छ । साथै दूरसञ्चार जस्तो अति आवश्यक सेवा अवरुद्द हुने गरी तार वा टावर वा अन्य उपकरण लगायतका कुनै पनि संरचनामा क्षति पुरयाउने कार्य नगर्न नगराउनुहुन समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाडौं, नेपाल
जि.पि.ओ. बक्स–९७५४
फोनः ९७७–१–४२५५४७४
फ्याक्स: ९७७–१–४२५५२५०
ntra@nta.gov.np, www.nta.gov.np