नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना
विगत केही दिन देखि मोबाइल सेवाका BTS टावरहरुमा क्षती पुर्याई सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको अवस्थामा यसरी सेवा बन्द हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ । तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने दूरसञ्चार सेवाको पूर्वाधारमा क्षती नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा अनुरोध गरिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादि, काठमाडौं
फोन नं. : +९७७ –१–४२५४६८१
फ््याक्स नं. : +९७७ –१–४२५५२५०
पो.ब.नं.: ९७५४
ई–मेल : ntra@nta.gov.np
वेभसाइट: www.nta.gov.np