अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रथम पटक प्रकाशित मितिः २०७५।११।०८
यस प्राधिकरणबाट इस्टर्न नेटवर्कस् प्रा.लि. सिनामङ्गल, काठमाण्डौलाई मिति २०६६।०६।३० मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज.१–५५) मिति २०७५।०६।०१ देखि लागू हुने गरी दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेज गरिएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण,अनुमतिपत्र शाखा
कमलादी, काठमाण्डौं
फोन नं.:९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९,
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं.:९७५४
Email: ntra@nta.gov.np