सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

//सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

नेपाल दूरसंचार प्राधिकरण

कमलादी, काठमाण्डौ

सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

(प्रकाशित मिति: २०७५/१०/२७)

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक कार्ययोजना एवं नेपाल दूरसंचार प्राधिकरणको वार्षिक कार्यक्रम अनुसार हालसम्म इन्टरनेट सेवा नपुगेका १५० वटा स्थानीय तहका केन्द्रमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गरी प्रविधिको पहुँच र प्रयोगवाट प्राप्त हुने लाभांस ग्रामीण भेगका दुर्गम क्षेत्रसम्म पुर्‍याउने मूल उद्देश्य प्राप्तिका लागि सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा यसअघि मिति २०७५/०९/०९ र मिति २०७५/०९/२४ मा प्रस्ताव पेश गर्न आव्हान गरिएकोमा उल्लेखित समयावधिभित्र पर्याप्त आवेदन प्राप्त नभएको समेत सन्दर्भमा सोहि प्रयोजनका लागि इन्टरनेट नपुगेका इच्छुक स्थानीय तहहरुले यो सूचना प्रथमपटक प्रकाशित मितिले १० दिनभित्र (मिति २०७५/११/७) प्रस्ताव पेश गर्नहुन सम्बन्धित सबैलाई अनुरोध छ। स्थानीय निकायले पेश गर्ने प्रस्तावको नमूना फाराम प्राधिकरणको वेबसाइट http://www.nta.gov.np/itsc बाट डाउनलोड गर्न सकिनेछ।यस सम्बन्धि थप जानकारीको लागि  प्राधिकरणको इमेल ठेगाना itsc@nta.gov.np  वा फोन नं १-४२५५४७४ (Ext. २२७,२७२,२५६,२१५)  मा सम्पर्क गर्नुहुन अनुरोध छ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

कमलादी,काठमाडौँ ,नेपाल |

2019-02-11T07:00:24+00:00 February 11th, 2019|Public Notice|