सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्न स्थानीय तहहरुको छनौट सम्बन्धी सूचना
( प्रकाशित मिति: २०७६/०२/१७)
यस प्राधिकरणबाट सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा मिति २०७५/०९/०९ , मिति २०७५/०९/२४, मिति २०७५/१०/२७ मा प्रकाशन गरिएको सूचना बमोजिम स्थानीय तहका केन्द्रबाट प्राप्त प्रस्तावहरु समेतको आधारमा सूचना प्रविधि सेवा केन्द्र स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५, अनुरुप छनौट भएका स्थानीय तहहरुको सुची सम्बन्धित सबैको जानकारीको लागि प्राधिकरणको वेबसाइट www.nta.gov.np/itscresult मा राखिएको छ | साथै छनौट भएका स्थानीय तहहरुले १५ दिन भित्र प्राधिकरणमा सिधै वा ईमेल वा फ्याक्स वा आधिकारिक व्यक्ति (स्थानीय तहको प्रमुख वा उपप्रमुख) को मोबाइलबाट SMS गरी सम्पर्क गर्नुपर्नेछ | तोकिएको समयभित्र सम्पर्क नगर्ने स्थानीय तहलाई छनौट सुचीबाट स्वत: हटाईनेछ |
यस सम्बन्धी विस्तृत जानकारीको लागि प्राधिकरणको वेबसाइट www.nta.gov.np/itscresult हेर्नहुन वा फोन नं १-४२५५४७४ (Ext. २२५,२७२,२५६,२१५) मा सम्पर्क गर्नुहुन अनुरोध छ।
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४
फ्याक्स नं.: +९७७-१ ४२५५२५०
इमेल:itsc@nta.gov.np
मोबाइल नं. :९८६३१९७०१७
वेवसाइट: www.nta.gov.np/itscresult