इन्टर्नेट (इ–मेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली, २०७४ स्वीकृत गरी लागू गर्ने सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने सम्वन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

//इन्टर्नेट (इ–मेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली, २०७४ स्वीकृत गरी लागू गर्ने सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने सम्वन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

इन्टर्नेट (इ–मेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली, २०७४ स्वीकृत गरी लागू गर्ने सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने सम्वन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना !

प्रथम पटक प्रकाशित मितिः २०७६।०९।०९

यस प्राधिकरणबाट तयार पारिएको इन्टर्नेट (इ–मेल सहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली, २०७४ स्वीकृत गरी लागू गर्ने सम्बन्धमा सरोकारवाला निकायहरबाट राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध संकलन गर्नको लागि परामर्श पत्र (Consultation Paper) को रुपमा उक्त विनियमावली प्राधिकरणको website www.nta.gov.np मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सरोकारवालाहरु सवैलाई जानकारी गराईन्छ । प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त परामर्श पत्र (Consultation Paper) मा सरोकारवालाहरु सवैले सार्वजनिक गरिएको मितिले ७ (सात) दिन भित्र राय, सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाई सहयोग गरि दिनुहुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण,
अनुमतिपत्र व्यवस्थापन शाखा
कमलादी, काठमाण्डौं
फोन नं: ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं. : ९७५४
Email: ntra@nta.gov.np, Website: www.nta.gov.np

2019-12-26T08:28:01+00:00 December 25th, 2019|Public Notice|