IMEI/ESN/MEID Registration

//IMEI/ESN/MEID Registration

व्यक्तिगत प्रयोजनको लागि आयात हुने मोबाइल सेटको IMEI/ESN/MEID दर्ता गर्ने बारे को सूचना

मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मिति २०७३|१|१ देखि लागू हुनेगरी मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identifier) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ | सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्ने सम्वन्धमा देहाय बमोजिम जानकारीका लागि यो सूचना प्रकाशित गरी स्पष्ट गरिएको छ |

देहाय:

१.    व्यक्तिगत प्रयोजनको लागि विदेशबाट मोबाइल ह्याण्डसेट आयात गर्दा प्राधिकरणबाट लागू गरिएको NEIR सम्वन्धी अन्तरिमनिर्देशिकाकोAnnex-2 बमोजिमको ढाँचामा निवेदन र नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी यस प्राधिकरणमा पेश गरी मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न सकिने छ |

२.    उक्त अन्तरिम निर्देशिका तथा निवेदनको ढाँचा प्राधिकरणको वेबसाइट http:/www.nta.gov.np मा उपलव्ध छ |

३.    सर्वसाधारणहरुको सहजताको लागि आवेदकले मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न आवेदन फारम भरी प्राधिकरणको इमेल ठेगाना eir@nta.gov.np मा पनि पठाई दर्ता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ |

४. Online बाट eir.nta.gov.np मार्फत IMEI/ESN/MEID दर्ता गर्न सकिने छ |

निवेदनको ढांचाहरु:

  1. Format of Application to Register IMEI/ESN/IMEI 2.docx
  2. Format request to track/block the mobile handset3.docx
2018-02-01T10:57:13+00:00