सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धि कार्यक्रमको लागि प्रस्ताव माग गरिएको सूचना

//सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धि कार्यक्रमको लागि प्रस्ताव माग गरिएको सूचना

नेपाल दूरसंचार प्राधिकरण
कमलादी, काठमाण्डौ
सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धि कार्यक्रमको लागि प्रस्ताव माग गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७५/११/०१)

अन्तराष्ट्रिय दूरसञ्चार संघको आव्हानमा प्रत्येक वर्ष मनाइदै आएको सूचना प्रविधिमा महिला सहभागिता (International Girls in ICT Day) कार्यक्रमको लागि नेपाल दूरसञ्चार प्राधिकरणले बालिका/युवती/महिलाहरुको सूचना तथा प्रविधि क्षेत्रमा क्षमता अभिबृद्धि गरी सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्य प्राप्तिको लागि सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरु (तालिम र प्रतिस्पर्धा) गर्न/गराउन गइरहेको हुँदा इच्छुक संघसंस्थाहरुबाट तोकिएको ढाँचामा १५ दिनभित्र प्राधिकरणमा आइपुग्ने गरी प्रस्ताव पेश गर्न आह्वान गरिन्छ । संघसंस्थाहरुले पेश गर्ने प्रस्तावको नमूना फाराम प्राधिकरणको वेबसाइट www.nta.gov.np/gict2019 बाट डाउनलोड गर्न सकिनेछ । यस सम्बन्धि थप जानकारीको लागि प्राधिकरणको इमेल ठेगाना gict@nta.gov.np वा फोन नं १-४२५५४७४ (Ext. २२७,२७२,२५६) मा सम्पर्क गर्नुहुन अनुरोध छ । साथै समयावधिभित्र प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी सिमित कार्यक्रमहरु मात्र छनोट गरिने व्यहोरा समेत सूचित गरिन्छ |

Proposal Template: Doc

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४
फ्याक्स नं.: +९७७-१ ४२५५२५०
इमेल: gict@nta.gov.np
वेवसाइट: www.nta.gov.np

2019-02-13T02:25:28+00:00 February 12th, 2019|Public Notice|