९०० र २१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धी सूचना
यस प्राधिकरणवाट ९००, १८०० र २१०० मेगाहर्ज व्याण्डहरुको वाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धमा मिति २०७५/०९/०४ गते, मिति २०७५/१०/९ गते र मिति २०७५/११/१४ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी व्याण्डहरुमा एक एक वटा मात्र आवेदन प्राप्त भएकोले उक्त फ्रिक्वेन्सी व्याण्डहरुको बढाबढ प्रक्रियामा सहभागिताको लागि निवेदन बुझाउने समयावधि मिति २०७५/१२/११ गतेसम्म थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ |
नेपाल दूरसंचार प्राधिकरण
कमलादी काठमाडौँ , नेपाल
जी.पि.ओ. बक्स नं. ९७५४
फोन नं. +९७७-१-४२५५४७४
फ्याक्स :+९७७-१-४२५५२५०
इमेल: info@nta.gov.np/ ntra@nta.gov.np
वेभ साइट: www.nta.gov.np