सुचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ को उप दफा ३ र नियमावलीको नियम ३ बमोजिम ३/३ महिनामा सार्बजनिक गर्नुपर्ने विवरणमध्ये ( माघ, फागुन, चैत्र )महिनाको विवरण
क्र.स. | बिबरणको सुची | बिबरण/प्रगति | कैफियत |
१. | निकायको स्वरूप र प्रकृति | नेपालमा दूरसञ्चार क्षेत्रको विकासमा उदारीकरणको नीति लिई निजी क्षेत्रलाई समेत सहभागिता गराई प्रतिस्पर्धात्मक वातावरण सृजना गरी यस क्षेत्रको विकास तथा विस्तार गर्नका साथै दूरसञ्चार क्षेत्रलाई अझ ब्यवस्थित र नियमित गर्न दूरसञ्चार ऐन, २०५३ वमोजिम अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था, नेपाल दूरसञ्चार प्राधिकरण (Nepal Telecommunications Authority) को मिति २०५४ फागुन २० गते स्थापना भयो।
|
|
२. | निकायको काम,कर्तब्य र अधिकार | · दूरसञ्चार सेवाको विकासको लागि नेपाल सरकारले अपनाउनु पर्ने नीति, योजना र कार्यक्रमको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।
· दूरसञ्चार सेवा तथा सुविधा र्सवसुलभ र भरपर्दो बनाउने । · आधारभूत दूरसञ्चार सेवा र सुविधा नेपालभरका शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था गर्ने । · दूरसञ्चार सेवा संचालनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताहरुलाई सहभागी बनाउने । · दूरसञ्चार सेवा र सुविधा र्सवसाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तिहरु बीच समन्वय र स्वस्थ प्रतिस्पर्धा हुने व्यवस्था गर्ने । · दूरसञ्चार सेवा र दूरसञ्चार सम्वन्धी यन्त्र तथा उपकरणहरुको स्तर तोक्ने, गुणस्तर निर्धारण गर्ने तथा स्वीकृत गर्ने । · दूरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने । · दूरसञ्चार सेवा संचालन गर्न अनुमतिपत्र दिने । · अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा उपलब्ध गराए बापत लिने शुल्क स्वीकृत र नियमित गर्ने । · रेडियो प्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित नीति अनुरुप फ्रिक्वेन्सी सम्वन्धी काम गर्ने । · दूरसञ्चारको क्षेत्रमा नयां प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने । · दूरसञ्चार क्षेत्रको लागि दक्ष जनशक्ति विकास गराउने । · उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्ने, गराउने । · दूरसञ्चारका सम्वन्धमा नेपाललाई International ट्रान्जिटको रुपमा विकास गर्ने, गराउने । · दूरसञ्चार सेवाको विकास र प्रबर्द्धन लागि आवश्यक र उपयुक्त अन्य काम गर्ने । · दूरसञ्चार सम्वन्धी यन्त्र, उपकरण तथा सुविधाहरुको गुणस्तर निर्धारण गर्ने। · सरकारी नीति निर्देशनलाई ध्यानमा राखी अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक आदेश वा निर्देशन दिने। · दूरसञ्चार सेवा प्रदायकहरु बीच र सेवा प्रदायक र ग्राहक बीच पर्ने विवाद समाधान गर्ने। · दूरसञ्चार सेवाको निरीक्षण र जांचबुझ गर्ने। · अनुमतिपत्र जारी, नवीकरण, खारेज, संशोधन गर्ने एवं दण्ड जरिवाना गर्ने। · सेवा प्रदायकलाई आवश्यक पर्ने विदेशी मुद्रा सटहीको सिफारिश गर्ने। · क्षतिपूर्ति निर्धारण गर्ने। · सेवा प्रदायकलाई अरुको घर जग्गा उपयोग वा प्राप्तीका लागि आवश्कता अनुसार नेपाल सरकारलाई सिफारिश गर्ने। · महशुल दर र अन्तरआवद्धता सम्बन्धमा निर्देशिका बनाई लागू गर्ने। · प्रधिकरणलाई आवश्यक पर्ने बिनियम बनाउने। · ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्ने रकमको दर निर्धारण गर्ने ।
|
|
३. | निकायको रहने कर्मचारी संख्या र कार्य विवरण | स्विकृती दरबन्दी ७६, कार्यरत स्थायी कर्मचारी कार्यरत ५७ | |
४. | निकायले प्रदान गर्ने सेवा | दुरसंचार सेवा संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने , महशुल दर स्वीकृत गर्ने , फ्रिक्वेन्सी (Spectrum) व्यवस्थापन तथा वितरण गर्ने, अनुगमन तथा निरीक्षण कार्य गर्ने, अनुमतिपत्र तथा उपभोक्ता हित संरक्षण कार्य गर्ने , नम्बरीङ्ग ब्यवस्थापन गर्ने,उपकरण स्तर निर्धारण गर्ने | | |
६. | सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी | गत बिबरणमा कुनै परिबर्तन नभएको | | |
७. | सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि | दुरसंचार ऐन, नियमावली उल्लेख भएबमोजिम उक्त बिषय नागरिक बडापत्रमा उल्लेख गरिएको | |
८. | निर्णय गर्ने प्रक्रिया र अधिकारी | दुरसंचार प्राधिकरणका शाखा, बिभाग, महाशाखा,अध्यक्ष, प्राधिकरण बोर्ड
|
|
९. | निर्णयउपर उजुरी सुन्ने अधिकारी | नागरिक बडापत्रमा उल्लेख गरिएको, https://nta.gov.np/wp-content/uploads/Nagarikbadapatra-Final.pdf | |
१०. | सम्पादन गरेको कामको विवरण | सबै स्थानीय तहसम्म सूचना महामार्ग विस्तार गर्ने प्रदेश नंबर १,२,३ को लागि र अप्टिकल फाईवर laying, DWDM equipment and router खरिदको लागि छनौट भएको बोलपत्रदातालाई LOA जारी भइ ५ वटा छुट्टाछुट्टै सम्झौता भएको । गण्डकी प्रदेश र प्रदेश नंबर ५ को लागि सर्भे कार्य सम्पन्न गरि Duct र Su Contractor को स्विकृती प्रदान गरिएको ।कर्णाली र सुदूरपश्चिमको को लागि नेपालगञ्ज गुलरिया खण्डमा कार्य सुरु गरि ६.५ कि.मि. मा कार्य सम्पन्न गरिसकेको छ । भूकम्पबाट अति प्रभावित जिल्ला का गा.बि.स., शैक्षिक संस्था, स्वास्थ्य संस्था आदीमा ब्रोडव्याण्ड सेवा पुर्याइएको | हाल Internet सेवा नपुगेका १५० स्थानीय तहको पहिचानको लागि प्रस्ताब माग गरिएकोमा १०० स्थानीय तहबाट प्रस्ताव प्राप्त भइ छनौटको क्रममा रहको |सामुदायिक बिधालयमा सूचना प्रबिधि प्रयोगशाला र सामुदायिक विधालयमा,अस्पताल तथा स्वास्थ सस्थाहरुमा उच्चगतिको इन्टरनेट सुबिधा पुर्याउन सेवा प्रदायक भैसकेको ८६९७ स्थानीय तह, वडा कार्यालय,समुदायक विधालयमा,अस्पताल तथा स्वास्थ सस्थाहरु मध्ये ४५३३ स्थानमा करिब ५० % काम सम्पन्न भएको | | आ.व २०७५/७६ बार्षिक बजेट तथा कार्यक्रम असोजमा मात्र स्वीकृत भएको | |
११. | सूचना अधिकारी र प्रमुखको नाम र पद | प्रमुखको नाम र पद पुरुषोत्तम खनाल कार्यबाहक अध्यक्ष
सूचना अधिकारी सन्दिप अधिकारी उपनिर्देशक |
|
१२. | ऐन, नियम, विनियम वा निर्देशिकाको सुची | दूरसञ्चार ऐन २०५३, उपभोक्ता संरक्षण ऐन २०५४, नेपाल दूरसञ्चार प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०६७, नेपाल दूरसञ्चार प्राधिकरण (उजुरी कारवाही सम्बन्धी कार्यविधि) विनियमावली २०६८, नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली २०६८, नेपाल दूरसञ्चार प्राधिकरणको निरीक्षण तथा जा“चबुझ कार्यविधि सम्बन्धी विनियमावली २०६८ , नेपाल दुरसंचार प्राधिकरणको कार्य सम्पादन सम्बन्धि बनेको बिनियामवाली,२०६८, दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७३, नेपाल दूरसंचार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७३, नेपाल दूरसंचार प्राधिकरण खरिद विनियमावली, २०७३, शुल्क स्वीकृति निर्देशिका, अन्तरआवद्दता निर्देशिका, २०६५, General Licensing Guideline, Internet with Email guidelines, Network Service Guideline, VSAT User Guideline Amendment, Video Conferencing Guideline, Special Guidelines for Prepaid Calling Card, Infrastructure Sharing Guidelines | |
१३. | आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अध्यावधिक विवरण | आ.व. २०७५/७६ को चैत मसान्त सम्मको विनियोजित बजेट रु ३,५९,६४,५६,२५० (RTDF बाहेक)
२०७५/७६ को चैत मसान्त सम्मको खर्च रु ११,४७,३८७३३.५९ |
|
१४. | तोकिए बमोजिमका अन्य विवरण | ||
१६. | सार्बजनिक निकायको वेभसाइट भए सोको विवरण | www.nta.gov.np | |
१७. | सार्बजनिक निकायका सूचना अन्यत्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण | कार्यालयको सूचना पार्टी र वेवसाइट तथा आवश्यकता अनुसार दैनिक पत्र पत्रिका .| |